after_navbar

ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त


बैशाख ३०, २०८२


दाङ ।  सवारी दुर्घटनामा परी मृत्यु भएका तुलसीपुरका व्यवसायी  नरबहादुर ओली र उहाँको धर्मपत्नी लिला ओली दम्पतिहरूको निधनप्रति तुलसीपुर चेम्बर अफ कमर्सले दुःख व्यक्त गरेको छ।

ad

अध्यक्ष ऋषिराज भण्डारी र महासचिव दुर्गाप्रसाद शर्माले शोक विज्ञप्ति जारी गर्दै व्यवसायी दम्पतीको निधन प्रति दुख व्यक्त गरेका हुन्  ।  तुलसीपुरका स्थापित कपडा व्यवसायी दम्पतिको मृत्युले यस क्षेत्रको उद्योग व्यवसायमा ठूलो क्षेति पुगेको चेम्बरले  उल्लेख गरेको छ ।

ad

दाङको तुलसीपुरमा कपडा व्यवसाय गर्दै आएका ओली दम्पतिको  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० अमलाटाकुरी स्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा सोमबार  सवारी दुर्घटनामा परी ज्यान गएको हो । 
तुलसीपुर चेम्बरले जारी गरेको शोक विज्ञप्तिमा मृतक ओली दम्पती प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="