after_navbar

लुम्बिनीलाई खतराको सूचीमा नराख्न प्रस्ताव


जेठ ०, २०८२



काठमाडौँ, ८जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालस्थित युनेस्को प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनी संरक्षण र प्रवर्द्धनबारे विशेष छलफल भएको छ।

संस्कृति मन्त्रालयमा सम्पन्न भेटवार्तामा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नपार्ने उपायबारे गहन छलफल गरिएको हो। मन्त्री पाण्डेले युनेस्कोका मापदण्डअनुसार लुम्बिनी क्षेत्रमा सुधारात्मक कार्यहरू भइरहेको जानकारी गराउँदै कार्यान्वयनमा रहेको कार्ययोजनाको प्रगति प्रस्तुत गरे ।

उनले लुम्बिनीको दीर्घकालीन संरक्षण र प्रवर्द्धनका लागि प्राविधिक तथा संस्थागत सहयोग आवश्यक रहेको धारणा राख्दै युनेस्कोको निरन्तर साथको अपेक्षा व्यक्तगरे ।

युनेस्को प्रतिनिधि डु टुइटले लुम्बिनी तथा काठमाडौँ सम्बन्धी हालै सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको छलफल सकारात्मक भएको भन्दै, संस्थाको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाए।

भेटका क्रममा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने र अन्य सम्भावित सांस्कृतिक सम्पदालाई प्रारम्भिक सूचीमा समावेश गराउने सम्बन्धमा समेत सहयोगको आग्रह गरे।

साथै, लुम्बिनी प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गत १६ सदस्य राष्ट्रहरूको सहभागितामा गठन गरिएको समितिको प्रगति विवरण पनि साझा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="