बाजुरा, १३, जेठ । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
नेपाल टेलिकम बाजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खसेको हो। जिप दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र सवारीमा रहेका रवीन्द्र धामीको घटनास्थलमै ज्यान गएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले जानकारी दिए।
दुर्घटनामा अन्य दुई जना नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बाजुरा प्रहरी प्रमुख डीएसपी इकवाल हवारीका अनुसार जिप टेलिकमको टावर मर्मतका लागि सदरमुकामबाट जगन्नाथ गाउँपालिका जाँदै गर्दा काँडाकोटमा दुर्घटनामा परेको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस