after_navbar

लुटपाट गर्न खोज्ने दुई महिला तुलसीपुरको बसपार्कबाट पक्राउ


जेठ १४, २०८२


दाङ, १३ जेठ ।दाङको तुलसीपुरस्थित मुख्य बसपार्क क्षेत्रमा एक महिलाको पर्सबाट १० हजार रुपैयाँ लुट्न खोज्ने दुई महिलालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक २४ वर्षीया गीता भुषाल बिरगञ्ज घर भएकी हुन् भने अर्की महिलाको नाम खुलाइएको छैन।

ad

तुलसीपुर उपमहानगरपालिका १० चैलाहीकी ५४ वर्षीया पार्वता अधिकारीको पर्सबाट पैसा निकाल्दै गरेको अवस्थामा ती महिलाहरूलाई बसपार्कस्थित प्रहरी बिट नजिकैबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

ad

“म फोन गर्दै हिँडिरहेकी थिएँ, अचानक झोलामा हलचल महसुस भयो,” पीडित अधिकारीले भनिन्, “फर्केर हेर्दा झोला खोलेर पैसा निकालिसकेका थिए। तुरुन्तै झोला खोसे र प्रहरीलाई खबर गर्दा उनीहरूलाई समातियो।”

ad

उनको पर्समा करिब १० हजार रुपैयाँ रहेको र समयमै थाहा नपाएको भए सबै पैसा गुम्न सक्ने अवस्था रहेको अधिकारीको भनाइ छ। यस्ता घटना व्यस्त बजार क्षेत्रमा दिउँसै हुने गरेकोप्रति आश्चर्य व्यक्त गर्दै उनले सर्वसाधारणलाई सजग रहन आग्रह गरेकी छन्।

पक्राउ परेका दुबै महिलालाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="