काठमाडौँ,१३ जेठ । बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान बीकेएसपी कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् । साथै, थप १ रजत र ४ कास्यपदक पनि जित्दै नेपाल समग्रमा उपविजेता बनेको छ ।
प्रतियोगितामा बन्दी सहायता नियोग ९पाम०का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कास्य जितेका थिए । प्रतियोगितामा पामबाट ५ खेलाडी सहभागी भएकोमा सबैले पदक चुम्न सफल भएका छन् । ।
पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए ।
पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान तिखत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कास्यपदक हात पारे ।
प्रतियोगितामा नेपालबाट जम्मा १२ खेलाडी सहभागी थिए । तीमध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुन् ।
प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
बङ्गलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कास्यपदक साथ टिम च्याम्पियन बनेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस