काठमाडौँ,१४ जेठ । नेपालमा पुनः कोरोना भाइरसको संक्रमण देखापरेको छ । एकसाताको अवधीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै काभ्रेका हुन्। उनीहरूलाई धुलिखेलमा परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको हो।
यद्यपि उनीहरूलाई देखिएको भाइरस नयाँ भेरियन्ट हो वा पुरानो भेरियन्ट भन्नेबारे केही थाहा भएको छैन।
भारतलगायत छिमेकी मुलुकहरूमा कोरोना भाइरस फैलिरहेका बेला स्वास्थ्य मन्त्रालयले सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको जानकारी गराएको छ।
पछिल्लो समय कोरोना भाइरससम्बन्धी चेकजाँच बढाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले पछिल्लो २४ घण्टामा एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस