after_navbar

आमासहित दुई छोरीको विभत्स हत्या


जेठ १५, २०८२


रुपन्देही,१४ जेठ । रुपन्देहीमा आमा र दुईछोरीको विभत्स हत्या भएको छ । बुटवल उपमहानगरपालिका ११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको विभत्स हत्या भएको हो । ईलका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलिजुली पथमा महिलाको हत्या गरिएको छ ।

ad

उनीहरुलाई घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको स्थानीयको भनाई छ । प्रहरीका अनुसार ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्यालको हत्या भएको हो।

ad

बुधबार बिहान करिब ४ बजेतिर उनीहरूको हत्या भएको प्रहरीले बताएको छ।

ad

हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३२ र्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसि केहि वर्ष अघि संविधान दिवसको दिन आम माफि पाएर छुटेको खुलेको छ। सम्बन्ध विच्छेद भएर बिवाह गरि गएकी पूर्व श्रीमतिलाई पुर्व श्रीमानले आफ्नै घरमा बोलाई हत्या गरेको प्रहरीको भनाइ छ।

उनीहरुबीच करिब ८/१० वर्ष पहिलेनै सम्बन्ध विच्छेद भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यद्यपी घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="