after_navbar

छोराले गरे बुवा र छिमेकीको हत्या


जेठ २४, २०८२


परासी,२३ जेठ । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–२ औरहियामा एक युवाले आफ्नै बुवा र छिमेकीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार ३५ वर्षीय खेमराज थारुले शुक्रबार बिहान ११ बजे ५० वर्षीय बुवा दयाराम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारको कोदालो प्रहार गरी हत्या गरेका हुन्।

प्रहरीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

हत्या भएलगत्तै खेमराजलाई प्रहरीले तत्कालै घरबाटै पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ

प्रतिक्रिया दिनुहोस

data-href="