सल्यान,१४ जेठ। राप्ती राजमार्घमा गइरातीको वर्षाका दाङ–सल्यान खण्ड अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलाबाट झरेको पहिरोका कारण पूर्णरुपमा सडक बन्द भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार, बुधवार बिहान करिब पौने ५ बजेतिर सडक माथिबाट खसेको पहिरोले दुवै लेन पूरै ढाकिएको छ।
पहिरो हटाउनका लागि एक्स्काभेटरको सहायतामा काम गरिंदैछ भने, सडक विभागको मेसिन आउन समय लाग्ने भएपछि निर्माण व्यवसायीको जेएसबी ल्याएर काम सुरु गरिएको छ। उक्त प्राविधिक उपायहरूको प्रयोगबाट सडकलाई पुनःखुला पार्ने प्रयास गरिएको छ।
सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनहरू दुबै तर्फ रोकिएका छन्। साना सवारी साधनहरूलाई वैकल्पिक मोटर बाटो कपुरकोट–लामिडाँडा तथा कपुरकोट–पाखापानी सातबाट हुँदै आउने निर्देश दिइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस