दाङ, जेठ १५ । दाङको तुलसीपुर उपमहानगरपालिका अटो एकआपसमा ठोक्किदा पाँचजना घाइते भएका छन् ।तुलसीपुर उपमहानगरपालिका –८ भम्केखोलामा दुई अटो आपसमा ठोक्किँदा ५ जना घाइते भएका हुन् ।
आज दिउँसो १२ बजे बालपुरबाट तुलसीपुरतर्फ गइरहेको रा १ ह ३७९३ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको लु.प्र.०२–००१ ह ०५४० नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
प्रत्यक्षदर्शीका अनुसार, रा १ ह ३७९३ नम्बरको अटोलाई विपरीत दिशाबाट आएको घोडाले झुक्याउन खोज्दा तीव्र गतिमा रहेको उक्त अटो सिधै अर्को अटोमा ठोक्किएको थियो।
दुर्घटनामा परेर घाइते भएका पाँचै जनाको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा दंगिशरण गाउँपालिका–५ का ४५ वर्षीय सुमन चौधरी, अटो चालक, सोही ठाउँका ४२ वर्षीय भदि वली, लु.प्र.०२–००१ ह ०५४० नम्बरको अटो चालक दंगिशरण गाउपालिका–५ का ४२ वर्षीय टोप बहादुर भण्डारी, सोही अटोमा सवार २७ वर्षीय प्रलाद चौधरी र ६० वर्षीय घोडा चालक आइतराम चौधरी रहेका छन्। सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रहरी चौकी भम्केखोलाबाट प्रहरी निरीक्षक दिनेश बि.सी.को नेतृत्वमा खटिएको टोलीले दुवै अटो नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस