काठमाडौं,१६ जेठ । राजसंस्था समर्थकहरुले आज पनि प्रदर्शन गर्ने भएका छन्। उनीहरूले राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शनको तयारी गरेका हुन्।
राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको मागसहित राजावादी समूहले बिहीबार शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले संघीयता खारेज गर्नुपर्ने माग पनि राखेका छन्। अनिश्चितकालीन आन्दोलनमा रहेका यी समूहमा राप्रपा, राप्रपा नेपाललगायत विभिन्न हिन्दुवादी र राजावादी संघ–संस्थाहरू सक्रिय छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस