काठमाडौँ ,२० जेठ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको असरस्वरूप लुम्बिनी प्रदेशसहित गण्डकी, कर्णाली र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही, केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो लुम्बिनी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने रातिको समयमा प्रदेशका पहाडी क्षेत्रहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
यस्तै, देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा वर्षासँगै हिमपात पनि हुनसक्ने जनाइएको छ।
मौसममा आएको यस परिवर्तनले दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक यातायात तथा हवाई उडानहरूमा असर पर्न सक्ने भएकाले मौसम महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस