after_navbar

ट्याक्टरबाट लडेर दुइजनाको मृत्यु


जेठ २१, २०८२


दाङ , २० जेठ । सल्यानमा एकै दिन ट्याक्टर बाट लडेर दुई जनाको मृत्यु भएको छ ।

गएराति जिल्लाको कुमाख गाउँपालिका – ६ का १६ बर्षीय मेघलाल बुढाथोकी गुडिरहेको ट्याक्टर बाट लडेर घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार बिहान मात्रै जिल्लाको शारदा नगरपालिका –७ का ५१ बर्षीय दलबहादुर थापाको पनि गुडिरहेको ट्रयाक्टर बाट लडेर मृत्यु भएको थियो ।

मेघलाल रा.१.त ३३९३ नं. को ट्रयाक्टर बाट सोमबार राति साढे १० बजेतिर लडेका थिए । ट्रयाक्टरमा हेल्परको काम गर्थे ।

उक्त ट्याक्टर दार्मा गाउँपालिका – ४ मसिना बाट फारुला तर्फ जादै थियो । मंगलबार बिहान मात्रै किशोरको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल खलंगा पुर्‍याइएको थियो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौंपानेले घटना लगतै चालक फरार भएका थिए । ट्रयाक्टर चालकको खोजी भइरहेको छ ।

सोमबार नै जिल्लाको शारदा नगरपालिका –७ का ५१ बर्षीय दलबहादुर थापाको पनि गुडिरहेको ट्रयाक्टर बाट लडेर मृत्यु भएको थियो ।

थापा बिहान साढे १० बजेतिर रा १ त ३२४६ नम्बरको ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका थिए । टाउको र शरिरको बिभिन्ना भागमा गम्भीर चोट खेपेका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको डिएसपी न्यौंपानेले बताए ।

चालक शारदा नगरपालिका – ७ गोठीचौरका २४ बर्षीय दिनेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय रामेखोला बाट आउँदै गरेको ट्रयाक्टर रोकेर थापा ढोरचौर तर्फ जाँदै गर्दा राप्ती राजमार्गमा लड्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="