after_navbar

कालो प्लेटलाई रातो बनाएर चलाएको गाडी तुलसीपुरमा पक्राउ


जेठ २१, २०८२


दाङ,२० जेठ । दाङको तुलसीपुरमा आजको बन्दको समयमा सार्वजनिक सवारी साधनमा निजी नम्बर प्लेट राखेर संचालन गरिएको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बागमती प्रदेश–०१–०३१ ज ९५५१ नम्बरको कालो प्लेट भएको सार्वजनिक गाडीलाई बागमती प्रदेश–०१–०३१ च ९५५१ नम्बरको रातो प्लेट राखेर संचालन गरिएको पाइएपछि नियन्त्रणमा लिइएको हो।

यातायात व्यवसायीहरुले सार्वजनिक यातायात पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका थिए। तर सोही निर्णयको उल्लंघन गर्दै एक सार्वजनिक गाडीले निजी नम्बर प्लेट राखेर यात्रु बोकिरहेको फेला परेपछि प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएको हो।

गाडी सुर्खेतबाट बुटवलका लागि छुटेको थियो र तुलसीपुरको चार्जिङ स्टेशनतर्फ गइरहेको समयमा गुम्रा चोकमा सडकमा खटिएका यातायात व्यवसायीहरुले शंका गरी जाँच गर्दा नम्बर प्लेट परिवर्तन गरिएको खुलेको हो।

यातायात व्यवसायी टंक प्रसाद खरेलका अनुसार, “बन्द छल्नका लागि सार्वजनिक गाडीमा निजी प्लेट राखिएको देखियो, जुन सरासर नियमको उल्लंघन हो।” उनले भने, “कालो प्लेटको गाडी चलाउन नपाइने भएकाले बाठो बुद्धि लगाएर रातो प्लेट राखिएको रहेछ।”

गाडी नियन्त्रणमा लिएपछि त्यसमा सवार यात्रुहरू बाटोमै अलपत्र परेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="