after_navbar

सहमति कार्यान्वयन नभए आन्दोलन अझ सशक्त बन्छ: यातायात व्यवसायी


जेठ २१, २०८२


दाङ,२० जेठ । सरकारले यातायात व्यवसायीहरूसंग गरेको सहमति फिर्ता नभए आन्दोलन थप सशक्त बनाइने बताएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्क्याएर यातायात व्यवसायी, स्वरोजगार तथा मजदुरहरूले आन्दोलन जारी राखेका छन्। जेठ १९ गतेदेखि चरणबद्ध रूपमा सञ्चालन भइरहेको समितिले जनाएको छ।

संघीय सरकारसँग केही सहमति भएको भए पनि गण्डकी प्रदेश सरकारले उक्त सहमति अनुसार कार्यान्वयन नगरेको भन्दै आन्दोलन अझ सशक्त रूपमा अगाडि बढाइने चेतावनी समितिले दिएको छ।

समितिको संयुक्त बैठकको निर्णय अनुसार सुरु गरिएको आन्दोलनको क्रममा विभिन्न सञ्चारमाध्यमहरूबाट भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको भन्दै आन्दोलन कमजोर भएको भन्ने भ्रममा नपर्न समितिले आग्रह समेत गरेको छ।

समितिका अध्यक्ष विजय बहादुर स्वारद्वारा जारी विज्ञप्तिमा संघीय सरकारसँग हाल वार्ता र संवाद जारी रहेको र आन्दोलन यथावत् रहेको उल्लेख गरिएको छ।

“हामीले जारी गरेको आन्दोलन निरन्तर रहेकोले कुनै भ्रममा नपरी आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउन देशभरका यातायात व्यवसायी, स्वरोजगार, मजदुर, कर्मचारीहरूमा आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

साथै समितिले आन्दोलनका कार्यक्रम र नेपाल सरकारसँग भएको सम्भावित सहमति बारे संयुक्त पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="