दाङ, २० जेठ । टिप्परको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। पूर्व- पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका- ५ फूलजोर चोकमा मंगलबार टिपरको ठक्करबाट घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाजुराको बडीमालिका नगरपालिका(६ का ३० वर्षीय मीन बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मंगलबार दिउँसो १ बजेतिर बयलवासबाट फूलजोरतर्फ जादै गरेका प्रहरी जवान दानी सवार बीआर ०१ एफ जे ६९६१ नम्बरको मोटरसाइकललाई रानिगन्जबाट फूलजोरतर्फ गइरहेको ना १ क ८५२० नम्बरको टिपरले फूलजोर चोकमा ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान दानीलाई सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि एलएस न्युरो अस्पताल बारा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्।
दानी मलङ्गवा नगरपालिका(३ निवासी मुस्लिम आयोगका सदस्य मोहम्मद सम्सुल हकको पिएसओ रहेको प्रहरीले जनाएको छ। मृतक प्रहरी जवान दानी नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं। १ गुल्म नं। २ नक्साल काठमाडौंमा दरबन्दी रहेर मुस्लिम आयोगका सदस्य हकको पिएसओको रूपमा कार्यरत थिए।
ठक्कर दिने टिपर प्रहरी चौकी फूलजोर र चालक इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासको नियन्त्रणमा रहेका छन्। सर्लाहीमा केही दिनअघि मात्रै पूर्व पश्चिम राजमार्गस्थित बागमती नगरपालिका(१ मिलनचोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको मृत्यु भएको थियो भने पछाडि सवार व्यक्ति घाइते भएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस