after_navbar

कांग्रेस र माओवादी बिच भएको छलफल निष्कर्षविहीन


जेठ २६, २०८२


काठमाडौं ,२५ जेठ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको छलफल निष्कर्षविहीन बनेको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतवार बसेको बैठकमा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै कांग्रेससँग समर्थन आग्रह गरेको थियो। तर, कांग्रेसले सो प्रस्तावमा सहमति जनाएन।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए। कांग्रेसतर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता ज्ञानेन्द्र कार्की सहभागी थिए।

कांग्रेससँगको छलफलअघि माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक आयोजना गरेको थियो। त्यसअघि शनिबार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आएका छन्। तर, सत्ता पक्ष त्यसमा सहमत छैन।

यस विषय प्रवेश गरेपछि प्रतिनिधिसभाको बैठक गत जेठ १३ गतेदेखि प्रभावित भएको छ। यद्यपि, जेठ १५ गते विपक्षी दलहरूले बजेट प्रस्तुतिका लागि अवरोध हटाएका थिए। त्यसयता प्रतिनिधिसभामा बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस

data-href="