after_navbar

निकुञ्ज क्षेत्रमा बेवारिसे मानव अंग फेला


जेठ ३२, २०८२


पर्सा, ३१ जेठ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–१ अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको भालु खोला फारलाइन क्षेत्रमा एक बेवारिसे मानव शरीरको अंग फेला परेको छ।

जंगली जनावरका लागि बनाइएको पानीको खाल्टोमा एक खुट्टा र दुई हात फेला परेका छन् भने उक्त खाल्टोबाट करिब ३०० मिटर टाढा टाउकोको अस्तिपञ्जर पनि भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ।

प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको छ भने फेला परेका अंगहरूलाई नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखिएको छ।

हालसम्म मृतकको पहिचान हुन सकेको छैन। घटनास्थलमा निलो रंगको पुरुष पाइन्ट र सेतो फुलवाला सर्ट पनि फेला परेको प्रहरीले जनाएको छ।

मृतकलाई चिन्ने जोकोहीले नजिकको प्रहरी कार्यालय वा पर्सा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। प्रहरीको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="