after_navbar

स्कार्पियोको ठक्करबाट फुलबारीका दिपेश गम्भीर घाइते


असार २७, २०८२


दाङ, २७ असार। स्कार्पियोको ठक्करबाट उरहरीमा एक युवक गम्भीर घाइते भएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरी चोकमा तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा १८ च ३१३९ नम्बरको स्कार्पियोले सडक छेउमा मर्मत गरिराखिएको मोटरसाइकललाई ठक्कर दिदा युवक गम्भीर घाइते भएका हुन् ।

रा ७ प ५५५९ नम्बरको मोटरसाइकल वर्कशपमा मर्मत गरी हाइवेमा परीक्षण गरिरहेका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेमा तुलसीपुर -१३ फुलवारीका २० वर्षीय दिपेश नेपाली रहेका छन्। उनको बायाँ खुट्टा, कम्मर र पेटमा भित्री चोट लागेको र प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय उरहरीले जनाएको छ।

दुर्घटनापछि दुवै सवारीसाधन र स्कार्पियो चालक सल्यान कपुरकोट गाउँपालिका–३ का ३१ वर्षीय रेवन्तसिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय उरहरीबाट प्रहरी नायब निरीक्षक यक बहादुर खड्काको कमाण्डमा चार जनाको टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="