तनहुँ,२९ असार । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा छजनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँको म्याग्दे गाउँपालिका- ५ साउनेपानी बस्ने ४० वर्षीय कमल रानाको कटेजमा जुवातास खेलिरहेको अवस्थामा कमल समेत ६ जनालाई शनिबार साँझ पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ६० रुपैयाँ र तास ४ बुक सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस