after_navbar

बजारमा नक्कली औषधि खुलेआम बिक्रीः विभागको चेतावनी


श्रावण १७, २०८२



काठमाडौँ,१६ साउन । बजारमा नक्कली औषधीको खुलेआम बिक्री हुने गरेको पाइएको छ । डिफ्यूजल(एल, कायाप्लस, पौरुष जीवन, बूजी, १०० हर्स पावर, ३० मिनेट स्टप, डायबेटिक कन्ट्रोल र जिमनेमा सिलभेस्ट्रे क्याप्सुलजस्ता नक्कली औषधिहरू खुलेआम बिक्री भइरहेको पाइएको छ।

औषधि व्यवस्था विभागले यस्ता औषधिहरू सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत बिना वैज्ञानिक प्रमाण रोग निको पार्ने दाबी गर्दै प्रचार गरिन थालेपछि जनस्वास्थ्यमा गम्भीर जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरेको हो।

विभागका महानिर्देशक नारायण ढकालका अनुसार यस्ता औषधिहरू मधुमेह, मोटोपन, थाइराइड, प्रोस्टेट, यौनशक्ति वृद्धि, रक्सीको लत हटाउने र क्यान्सरसमेत निको पार्ने जस्ता भ्रामक दाबीका साथ प्रचार भइरहेको छ, जुन पूर्ण रूपमा अवैज्ञानिक र जनस्वास्थ्यका लागि खतरनाक छन्।

विभागले चिकित्सकको सिफारिसबिना औषधि नसेवन गर्न र शंकास्पद औषधि प्रयोग नगरिदिन सबैलाई आग्रह गरेको छ।
विभागका महानिर्देशक नारायण ढकालले जारी गरिएको सूचनामा ‘सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायत अन्य प्लाटफर्ममार्फत प्रचारप्रसार गरी मधुमेह निको पार्ने, मोटोपन घटाउने प्रोस्टेट ठीक पर्ने, थाइराइड निको पार्ने, युरिक एसिड निको पार्ने, यौनशक्ति बढाउने‚ रक्सी छुटाउने र क्यान्सर जस्ता प्राणघातक रोगहरू निको पार्ने दावी गर्दै अनधिकृत रूपमा नकली औषधि विक्रीवितरण भइरहेको भन्दै विभागको गम्भीर ध्यानाकर्षण भए‌को छ।’– उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

data-href="