after_navbar

मोटरसाइकलको ठक्करबाट घाइते वृद्धाको मृत्यु


श्रावण १, २०८२


दाङ,१८ साउन । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बाँसगढीमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी ६५ वर्षीया गौमती रोकाको मृत्यु भएको हो।

हिजो शनिबार दिउँसो साढे २ बजे कुटिचौरबाट बिजौरीतर्फ जाँदै गरेको रा.५ प २६७८ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी बासगढी निवासी रोकालाई ठक्कर दिएको थियो।

दुर्घटनापछि घाइते रोकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो। तर साँझ ६ः२५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरीका अनुसार उक्त मोटरसाइकल १६ वर्षीय लक्ष्मण भुसालले चलाएका थिए, जसको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको प्रहरीले जनाएको छ।

लाइसेन्स नभएका व्यक्तिलाई मोटरसाइकल चलाउन दिएको आरोपमा चालक लक्ष्मण भुसालकी आमा मिना भुसाललाई नियन्त्रणमा लिइएको छ। उनलाई जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="