after_navbar

पर्वतमा ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन


श्रावण २५, २०८२


काठमाडौं ,२४ साउन । पर्वतका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँ रित्तिँदै जाँदा ती सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका हुन् । जिल्लाका सातै पालिकामा रहेका यी विद्यालयमध्ये अधिकांश आधारभूत र प्राथमिक तहका हुन्।

जिल्ला शिक्षा समन्वय एकाइका अनुसार विहादी गाउँपालिकामा २, मोदी गाउँपालिकामा ९, फलेवास नगरपालिकामा ६, कुश्मा नगरपालिकामा ८, जलजला गाउँपालिकामा ४ र पैयूँ गाउँपालिकामा २ विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य छ। यीमध्ये फलेवास–५ को ध्रुवनमुना माध्यमिक विद्यालयसमेत छन्।

विद्यार्थी नभए पनि विद्यालय समायोजनको प्रक्रिया सुरु भएको छैन। स्थानीय तहहरूले शिक्षकलाई विद्यार्थी भएको विद्यालयमा खटाउने कार्य नगरेको एकाइका प्रमुख मतिलाल चपाईले बताए। यसले राज्यको बजेट दुरुपयोग भएको स्थानीयहरूले आरोप लगाएका छन्।

फलेवासका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठका अनुसार विद्यार्थी नभए पनि भविष्यमा विद्यार्थी आउन सक्ने भन्दै विद्यालय समायोजन नगरेको बुझिएको छ। कतिपय जनप्रतिनिधिले राजनीतिक संरक्षणका कारण र करार, राहत शिक्षक र कार्यालय सहयोगीको रोजगारी जाने डरले पनि विद्यालय समायोजनमा चासो नदेखाएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="