after_navbar

साहारा बचत तथा ऋण सहकारीको १८औं वार्षिकोत्सव तथा साधारणसभा


भदौ २१, २०८२


दाङ ,२१ भदौ । साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिकोत्सव तथा साधारणसभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष वासुदेव आचार्यको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनील केसीको प्रमुख आतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि केसीले सहकारीलाई बचत र ऋण मात्रमा सीमित नराखी कृषिमा भएको लगानीलाई उत्पादन र आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिए। उनले मूल्य शृङ्खलासँग सहकारीलाई जोड्न सके दाङको समग्र विकासमा टेवा पुग्ने धारणा राखे।

कार्यक्रममा वडा नं. ६ का पूर्व जनप्रतिनिधि नवराज लामिछाने,जिल्ला सहकारी संघका महासचिव सुक्रराज भण्डारी, सल्लाहकार एवं ज्येष्ठ सदस्य लक्ष्मण पोखरेल, सल्लाहकार तथा संस्थापक अध्यक्ष विष्णुप्रसाद शर्मा लगायतले सहकारीलाई बदनाम गर्ने प्रवृत्तिबाट सचेत रहि विधि–विधानअनुसार पारदर्शी ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम उपाध्यक्ष टोपबहादुर महतराले स्वागत मन्तव्यबाट सुरु भएको थियो । कोषाध्यक्ष पदमकुमार ज्ञवालीले वार्षिक प्रतिवेदन र सचिव भिमलाल मरासिनीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष आचार्यले अध्यक्षको प्रतिवदेन प्रस्तुत गरेका थिए। हाल सहकारीमा ५ सय ३ जना सदस्य रहेका छन्।

सोही अवसरमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="