after_navbar

सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न ७ दिन थप समय


२ घण्टा अगाडि


काठमाडौ,१२ असार। सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप ७ दिनको समय दिइएको छ। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना जारी गर्दै समयसीमा बढाइएको जनाएको हो।

समितिका अनुसार स्वः व्यवस्थापन खर्च (घर भाडा) प्राप्त गर्न चाहनेले यही १५ गतेसम्म निवेदन पेश गर्नुपर्नेछ। साथै १९ गतेभित्र होल्डिङ सेन्टर अनिवार्य रूपमा खाली गर्नुपर्ने उल्लेख गरिएको छ।

सरकारको निर्णयअनुसार पुनः व्यवस्थापन खर्च प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नाममा रहेको बैंक खाताको विवरणसहित तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

यसअघि समितिले असार १२ गतेभित्र होल्डिङ सेन्टरमा बसोबास गरिरहेका व्यक्तिहरूलाई आफैँ व्यवस्थापन गर्न निर्देशन दिएको थियो। तर, घर भाडा प्राप्त गर्ने समय छोटो भएको भन्दै गुनासो आएपछि समितिले समय थप गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="