after_navbar

प्यूठानमा १५ शैयाको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा


० मिनेट अगाडि


प्यूठान । प्यूठानको गौमुखी गाउँपालिकामा १५ शैयाको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा आएको छ। १९ करोड ३ लाख ४५ हजार ५ सय ५२ रुपैयाँ लागतमा निर्माण भएको अस्पतालको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् ।

अस्पतालको उद्घाटनसँगै स्वास्थ्य सेवा समेत सुरु भएको छ। अस्पताल सञ्चालनमा आएपछि गौमुखी तथा आसपासका नागरिकलाई सामान्य स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण र आधारभूत उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य पूर्वाधार र सेवा विस्तारलाई प्राथमिकता दिइएको बताए। अस्पतालका लागि आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र औषधिको व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिने उनले बताए ।

स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले अस्पताल सञ्चालनका क्रममा जनशक्ति र उपकरण व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै सेवा प्रभावकारी बनाउन आवश्यक पहल गरिने बताए।

गौमुखी गाउँपालिकाले अस्पतालका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनसहित विभिन्न आयोजनालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="