after_navbar

घोराही उपमहानगरपालिका ८ का अध्यक्षको राजीनामा स्वीकृत , सदस्य चौधरीलाई कार्यबाहक तोकियो


भदौ ०२, २०८२


दाङ, २ भदौ। घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र बहादुर शाहले वडा अध्यक्षबाट दिएको राजीनामा स्वीकृत भएको छ। नगर प्रमुख नरुलाल चौधरीले असार अन्तिममा राजीनामा स्वीकृत  गरिसकेको र आजको कार्यपालिका बैठकमा अनुमोदन गरिएको बताए ।

राजीनामा नगर प्रमुखले स्वीकृत गर्ने हो , त्यो  असार मसान्तमा नै स्वीकृत भइसकेको थियो र आजको कार्यपालिकाले त्यसको अनुमोदन गरेको छ नगर प्रमुख चौधरीले भने ।  केहि महिला  अघि नै अध्यक्ष शाहले नगर प्रमुखलाई राजीनामा बुझाएका थिए ।
घोराही उपमहानगरपालिकाको  कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत पछि अनुमोदन गरेको हो । कार्यपालिकाले राजीनामा  अनुमोदन  गरेसँगै  अध्यक्ष  पदबाट शाह हटेका छन ।
गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शाह नेकपा एमालेकोको तर्फबाट उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएका थिए।
अध्यक्ष शाहले पटक–पटक जनताको काम गर्न नसकेको भन्दै नगरप्रमुख नरुलाल चौधरी समक्ष केही महिना अघि नै राजीनामा बुझाएका थिए। उनीलाई बिचमा एमालेले समेत कारबाही गरेको थियो ।  वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।
अध्यक्ष शाहले यसअघि पनि धेरै पटक विज्ञप्ति मार्फत नेकपा (एमाले) मा नरहेको जानकारी गराउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="