काठमाडौं,६ भदौ । झापाको अर्जुनधारा नगरपालिका–११ बाल विकास टोलमा पिङ खेल्ने क्रममा एक बालकको ज्यान गएको छ।
नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदिप सिवा बिहीबार साँझ आफ्नै घरको काठको बलोमा साडीको पिङ खेल्ने क्रममा दुर्घटनामा परेका हुन्। साडी घाटिमा बेरिँदा उनी गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामा उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले कानुनी प्रक्रिया अघि बढाउँदै शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेचि अस्पताल भद्रपुर पठाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस