after_navbar

पर्सामा हैजा नियन्त्रण बाहिर छ: प्रजिअ


भदौ ११, २०८२


काठमाडौं,११ भदौ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रण बाहिर गएको बताएका छन्।

मंगलबार पत्रकारसँग भेटघाटमा उनले हैजा नियन्त्रणका लागि तत्काल सामूहिक र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए।

‘हामी अहिले निकै संवेदनशील अवस्थामा छौं,’ उनले भने, ‘हैजा नियन्त्रण बाहिर गएको छ, त्यसैले रोकथाम र नियन्त्रणका लागि सबै पक्ष एकजुट भएर जुट्न जरुरी छ।’

प्रजिअ सुवेदीका अनुसार हाल हैजाका बिरामीको उपचारसँगै सचेतनामूलक अभियान पनि सञ्चालन भइरहेका छन्। तर, सङ्क्रमित बिरामीको संख्या बढ्दो क्रममा रहेकाले थप चुनौती सिर्जना भएको उनको भनाइ छ।

उनले हैजा सङ्क्रमण रोक्न सबै निकायले हातेमालो गरेर तत्काल कदम चाल्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

data-href="