after_navbar

राष्ट्रपतिलाई सार्वजनिक गर्न दाङ तरुण दलको माग


भदौ २६, २०८२



दाङ, २६ भदौ ।नेपाल तरुण दल दाङले राष्ट्रपतिलाई सेनाको निगरानीमा राखिएको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल सार्वजनिक गर्न माग गरेको छ।

ad

तरुण दल दाङका अध्यक्ष टिका घर्तीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिको नजरबन्द संविधानविपरीत रहेको उल्लेख गर्दै “देशको सर्वोच्च संवैधानिक पदलाई अपमानित गर्ने” कदम तत्काल फिर्ता गर्न नेपाली सेनासँग आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “देशको संविधानलाई कमजोर पार्ने गरी राष्ट्रपतिलाई नजरबन्दमा राखिएको कार्यको घोर भर्त्सना गर्दछौं। यसलाई तत्काल अन्त्य गरी राष्ट्रपतिलाई सार्वजनिक गरिनुपर्छ।”

सोही विज्ञप्तिमा जेनजी आन्दोलनमा सहादत प्राप्त शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै, आन्दोलनका मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको छ।

तरुण दल दाङले सम्पूर्ण पक्षलाई संयमता अपनाउन र लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्न पनि आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="