काठमाडौँ ,२ असोज । गत भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारक्रममा बायाँ हात काटिएको छ।
पूर्वप्रधानमन्त्री खनालका अनुसार ७० वर्षीया चित्रकारको शरीर करिब १७ प्रतिशत जलेको छ। कीर्तिपुरस्थित बर्न अस्पतालको आइसियुमा उनको अवस्था गम्भीर रहेको छ। ‘निमोनियासमेत देखिएको छ, चेतना भए पनि बोल्न सक्ने अवस्थामा छैनन्,’ खनालले जानकारी दिए।
चिकित्सकले हाललाई त्यहीँ उपचार गर्ने बताएका छन्। कति दिनसम्म उपचार लाग्छ भन्नेबारे अझै अनुमान गर्न नसकिएको खनालले बताए।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा खनालको काठमाडौं डल्लुस्थित घरमा आगजनी भएको थियो। त्यसक्रममा चित्रकार घाइते भएकी थिइन् र त्यतिबेलादेखि निरन्तर उपचारमा छन्।
प्रतिक्रिया दिनुहोस