after_navbar

एमसीसीअन्तर्गत ३१५ किमि प्रसारण लाइन निर्माण सम्झौता


असोज १०, २०८२


काठमाडौं,१० असोज । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल)ले एमसीसी कम्प्याक्टअन्तर्गत ३१५ किलोमिटर लामो प्रसारण लाइन निर्माणका सम्पूर्ण सम्झौता सम्पन्न गरेको छ।

सम्झौताअनुसार आशिश-बोज्लर संयुक्त उपक्रमले लप्सीफेदी सबस्टेसनदेखि रातमाटे हुँदै नयाँ हेटौंडा सबस्टेसनसम्म ११७ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण गर्नेछ।

करिब ७६६.५० लाख अमेरिकी डलर लागतको यो ठेक्का अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियामार्फत दिइएको हो। हस्ताक्षर कार्यक्रममा एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसीसीकी आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोसहित पदाधिकारीहरूको उपस्थिति थियो।

फ्रान्सिस्कोले सम्झौताले नेपाल कम्प्याक्टको प्रगतिलाई प्रतिबिम्बित गर्ने बताए। यसअघि नुवाकोटदेखि नयाँ दमौली, नयाँ बुटवल हुँदै भारत–नेपाल सिमानासम्मको १९८ किलोमिटर लाइन र तीनवटा सबस्टेसन (रातमाटे, नयाँ दमौली, नयाँ बुटवल) निर्माण सम्झौता भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="