after_navbar

सरकारी अस्पतालमा पनि अब हप्तामा दुई दिन बिदा


बैशाख ०५, २०८३


काठमाडौ,५ वैशाख। सरकारले सरकारी अस्पतालमा पनि अब शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले राजपत्रमा प्रकाशित सूचनाअनुसार यो व्यवस्था लागू गरिएको जानकारी दिएका छन्।

उनका अनुसार स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। बिदाका दिनमा बहिरङ्ग सेवा (ओपीडी) बन्द रहनेछ भने आकस्मिक र अन्तरङ्ग सेवा भने २४ घण्टा सञ्चालन हुने जनाइएको छ।

आइतबारका पूर्वनिर्धारित शल्यक्रिया तथा अन्य सेवाहरूलाई बिरामीको सहजताअनुसार पुनः तालिका मिलाइने पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिदाका दिनमा पनि बिरामीले समस्या खेप्न नपरोस भन्दै आवश्यक सेवा उपलब्ध गराउन, अन्य अस्पतालमा सहज रेफर गर्न र एम्बुलेन्स तयारी अवस्थामा राख्न सबै अस्पताललाई निर्देशन दिएको छ।

यस्तै, बिदाका दिनमा उपलब्ध सेवाबारे जानकारी अस्पतालको वेबसाइट र सूचनापाटीमार्फत सार्वजनिक गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="