after_navbar

कपिलवस्तुमा बस दुर्घटना:२६ जना घाइते


२ घण्टा अगाडि


दाङ,१२ जेठ । कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । मंगलबार बिहान महाराजगन्ज नगरपालिका-४ बरईपुरस्थित तौलिहवा-बहादुरगन्ज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य रहेको छ। घाइतेहरूको भैरहवा सिटी अस्पताल र लुम्बिनी सिटी अस्पताल, बुटवलमा उपचार भइरहेको छ।

गम्भीर घाइते हुनेमा बर्दियाको बाँसगढी नगरपालिका-१ बबईकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ का ३० वर्षीय प्रकाश विक रहेका छन्। दुवैलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा सुर्खेत वीरेन्द्रनगर-३ का २९ वर्षीय पूर्णप्रसाद पाण्डे, चालक डिल्लीप्रसाद दाहाल, लाटिकैलीकी कर्णा विक, बाँकेको नेपालगञ्ज-१२ का तिलक पौडेल, काठमाडौं कागेश्वरीका समिर राना, सुर्खेत चिङ्गाड-५ का उपेन्द्र राना र जसबिर राना रहेका छन्।

त्यस्तै दैलेख गुराँस नगरपालिका-८ का भीमबहादुर डाँगी, गुराँस-४ का हेमराज शर्मा र उनकी श्रीमती हिरा पराजुली शर्मा, कालिकोट ढाडाचक्र-५ की पुष्पा बम, जुम्ला चन्दननाथ-३ की मिनजोन लामा, सुर्खेत वीरेन्द्रनगर-१२ की सोनिया रोका, वीरेन्द्रनगर-९ की भवि थापा र मनकुमारी थापा, वीरेन्द्रनगर-८ का सबिन्द्र रावल र खगेन्द्र थापा पनि घाइते भएका छन्।

यस्तै सुर्खेत भेरीगंगा-१० छिन्चुकी कविता राना, दैलेख गुराँस-६ का तेजबहादुर बिसी, सुर्खेत चिङ्गाड-२ का जगत खड्का, दैलेख भगवतीमाई-३ की मुना रेग्मी, झापा दमक-८ का लक्ष्मीप्रसाद सापकोटा, बुद्धशान्ति-१ का सबिन नेपाल, ललितपुर महालक्ष्मी-५ टिकाथलीका शिवराम राई र उनकी श्रीमती बिमलादेवी सापकोटा घाइते भएका छन्।

यसैगरी सुर्खेत सिम्ता-२ काफलबोटका भक्तबहादुर शाही र उनकी श्रीमती पुष्पा शाही, ओखलढुंगा मोलुङ-२ का ज्ञानेन्द्र गौतम, वीरेन्द्रनगर-३ का १३ वर्षीय मनसुन मल्ल ठकुरी र उनकी आमा रेखा मल्ल, कालिकोट सानो त्रिवेणी-१ का रण अधिकारी, वीरेन्द्रनगर-२ मुलपानीकी अमिना थापा मगर, सहचालक राजन बुढा, जुम्ला सिजा-३ का भरत राना, वीरेन्द्रनगर-५ चिसापानीका दशरथ गुरुङ र वीरेन्द्रनगर-७ का रोशन गुरुङ घाइते भएको प्रहरीले जनाएको छ। बसमा ५६ जना यात्रु सवार रहेका थिए।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="