after_navbar

लुम्बिनी प्रदेश सभामा थारू प्रथाजनित विधेयक पेश


१ घण्टा अगाडि


दाङ,१२ जेठ । लुम्बिनी प्रदेश सभामा ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पेश गरिएको छ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन्।

प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको र उनीहरूको परम्परागत अभ्यास, संस्कृति तथा संरचनाको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरणका लागि कानुनी व्यवस्था आवश्यक ठहर गर्दै विधेयक ल्याइएको जनाइएको छ।

विधेयकमा मटावाँ, बरघर र भलमन्साजस्ता परम्परागत अभ्यासको संरक्षण र प्रवर्द्धन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थारू समुदायको जनसंख्या १८ लाख ७ हजार १२४ (६.२ प्रतिशत) रहेको छ भने लुम्बिनी प्रदेशमा ७ लाख ३२ हजार ६९ (१४.३ प्रतिशत) रहेको छ। दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा थारू समुदायको उल्लेख्य बसोबास रहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="