after_navbar

प्यूठान र रोल्पामा विद्युत अवरुद्ध: मुख्यमन्त्रीद्वारा तत्काल सुचारु गर्न निर्देशन


४ मिनेट अगाडि


दाङ,१२ जेठ । प्यूठान र रोल्पामा दुई दिनदेखि विद्युत आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तत्काल सेवा सुचारु गर्न ध्यानाकर्षण गराएका छन् ।

झिमरुक उत्पादन केन्द्रको पावर हाउसमा ट्रान्सफर्मर बिग्रिएपछि दुवै जिल्लामा विद्युत सेवा बन्द भएको हो। विद्युत अवरुद्ध हुँदा खानेपानी, स्वास्थ्य र बैंकिङ सेवा समेत प्रभावित भएका छन्।

मुख्यमन्त्री आचार्यले नेपाल विद्युत प्राधिकरण बुटवल प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार यादवसँग छलफल गर्दै वैकल्पिक उपाय अपनाएर भए पनि सेवा चाँडो सञ्चालन गर्न आग्रह गरेका हुन् ।

प्रमुख यादवले आफू फिल्डमै रहेर काम गरिरहेको र आज बेलुकासम्म वैकल्पिक माध्यमबाट विद्युत सेवा सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्। झिमरुक पावर हाउसमा मर्मत कार्य पनि तीव्र रूपमा अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="