after_navbar

तुलसीपुर कारागारबाट फरार कैदी पक्राउ


१ घण्टा अगाडि


दाङ,१६ असार । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारभित्र उत्पन्न तनावका बीच तोडफोड गरी फरार भएका एक कैदी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कपिलवस्तुको विजयनगर गाउँपालिका-४ देउपुरका ३३ वर्षीय बब्लु भनिने बुधई यादव रहेका छन्। उनी कारागार तोडफोड गरी फरार भएका थिए।

दाङ जिल्ला अदालतले यादवलाई २०८० असार २७ गते लागुऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। त्यस्तै जिल्ला अदालत कपिलवस्तुले २०८१ असार १४ गते आगुऔषध मुद्दामा १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो। यसरी उनलाई कुल १५ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

तुलसीपुरस्थित कारागारबाट २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड गर्दै फरार भएका यादवलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गणेशपुर कपिलवस्तुको टोलीले पक्राउ गरेको हो।

प्रहरी निरीक्षक महेशकुमार आचार्यको नेतृत्वमा खटिएको टोलीले उनलाई विजयनगर गाउँपालिका-४ जोलाही चोकबाट नियन्त्रणमा लिएको थियो।

कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेका यादवलाई जिल्ला अदालत कपिलवस्तुमा पेस गरी अदालतको आदेशअनुसार मंगलबार कारागार चलान गरिएको छ।

उनलाई तोकिएको १५ वर्ष कैद भुक्तान तथा ८० हजार रुपैयाँ जरिवाना तिर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="