दाङ,१९ असार । आज विभिन्न जिल्लाका स-साना नदी तथा खोलाहरूमा बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले विशेषगरी आज कास्की, पर्वत, म्याग्दी, बर्दिया र कैलालीसहित आसपासका जिल्लाका क्षेत्रका नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र आकस्मिक बाढीको जोखिम रहेको बताएको छ।
नदी किनार, खोल्सी तथा डुबान हुन सक्ने क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन तथा अनावश्यक रूपमा नदी तर्ने वा नदी आसपास जोखिमयुक्त गतिविधि नगर्न महाशाखाले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस