after_navbar

चट्याङ लागेर चार जना घाइते


असार २०, २०८३


धनगढी, २० असार। अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन्।

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका-८ गनिउलेमा शुक्रबार साँझ चट्याङ पर्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार घाइते जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

उनका अनुसार अन्य चार जना पनि चट्याङ लागेर सामान्य घाइते भएका छन्। उनीहरूको भने घरमै उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="