after_navbar

प्यूठानमा जुवातास खेल्दै गरेका ११ जना पक्राउ


असार २०, २०८३


प्युठान,२० असार । प्यूठानमा जुवातास खेल्दै गरेका ११ जना पक्राउ परेका छन् ।जिल्लाको स्वर्गद्वारी नगरपालिका-४ बाँझिपुरस्थित एक होटलबाट जुवातास खेल्दै गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूबाट १ लाख ८५ हजार ११२ रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक गणेश ज्ञवालीको कमाण्डमा खटिएको टोलीले छापा मार्दा जुवा खेल्न प्रयोग गरिएका २३ गड्डी नखोलेको तास र एक गड्डी खोलेको ताससमेत बरामद गरिएको प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="