after_navbar

जबरजस्ती करणी आरोपमा एक जना पक्राउ


असार २७, २०८३


कपिलवस्तु,२७ असार । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ३८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा शिवराज नगरपालिका-५ हाटबजार बस्ने तथा प्युठान नगरपालिका-९ घर भएका २९ वर्षीय सुरेन्द्र खड्का पक्राउ परेका हुन्।

उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="