after_navbar

सम्पत्ति जाँचबुझ आयोगविरुद्ध अवहेलना रिटमा सर्वोच्चको अन्तरिम आदेश


असार ३१, २०८३


काठमाडौ,३१ असार। सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगविरुद्ध दायर अवहेलना मुद्दामा अन्तरिम आदेश जारी गरेको छ।यसअघि अदालतले दिएको अन्तरिम आदेशको अपव्याख्या गर्दै आयोगले न्यायाधीश र नेपाली सेनाबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन जारी रहने भन्दै वक्तव्य जारी गरेपछि अवहेलना रिट दर्ता भएको थियो।

अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले उक्त अन्तरिम आदेश जारी गरेको हो।अदालतको आदेशसँगै अब पूर्ण इजलासबाट अर्को निर्णय नआएसम्म आयोगले कसैको पनि सम्पत्ति छानबिन वा विवरण माग गर्न नपाउने भएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="