after_navbar

गोली लागेर सल्यानमा एकजनाको मृत्यु


४ मिनेट अगाडि


सल्यान,२३ साउन । सल्यानमा सिकार खेल्न गएको बेला गोली लागेर एकजनाको मृत्यु भएको छ। सिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लाग्दा ६२ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो।

कालिमाटी गाउँपालिका- ३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सिकार खेल्ने क्रममा सोही गाउँपालिका-२ बराहडुंगाका पुनमगरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पुनमगर साथीहरूसँग सिकार खेल्न जंगल गएका थिए। सिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको थियो। गोली पुनमगरको पेटको तल्लो भाग र कम्मरमा लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कालीमाटीबाट खटिएको प्रहरी टोलीले सँगै सिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको छ ।

कालीमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी र कालीमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर पक्राउ परेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="