after_navbar

महिला हिंसाका अपराधीलाई कडा सजाय हुने कानुन ल्याइनुपर्छ:सांसद कुँवर


६ मिनेट अगाडि


काठमाडौ,८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले महिला हिंसा तथा बलात्कारका दोषीलाई कडा सजाय हुने कानुन बनाउन सरकारसँग माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बलात्कार तथा जघन्य महिला हिंसाका घटनामा संलग्न प्रमाणित अपराधीलाई कडा कानुनी कारबाही हुनुपर्ने बताइन्।

सांसद कुँवरले समाजमा छोरीलाई मात्र मर्यादा र लाजबारे सिकाउने नभई छोरालाई पनि मानवता र महिलाप्रतिको सम्मान सिकाउनुपर्नेमा जोड दिइन्।

उनले अपराधको प्रकृति हेरेर सजाय र कारागार व्यवस्थापन गर्नुपर्ने बताउँदै पाकेटमारी र बलात्कारजस्ता फरक प्रकृतिका अपराधमा संलग्न व्यक्तिलाई एउटै ढंगले व्यवहार गर्न नहुने धारणा राखिन्।

उनले भनिन्प्र-‘माणित बलात्कार तथा जघन्य महिला हिंसाका अपराधीलाई कानुनको सजायप्रति यस्तो डर सिर्जना होस, जसले अपराध गर्ने सोच नै जन्मिन नदियोस्।’

प्रतिक्रिया दिनुहोस

data-href="