after_navbar

तीन स्पाबाट सात बालिकाको उद्धारः तीन सञ्चालक पक्राउ


५ मिनेट अगाडि


बाँके,९ भदौ। प्रहरीले विभिन्न स्पामा चेकजाँचका क्रममा सात जना बालिकाको उद्धार गरेको छ। बालिकालाई स्पामा काममा लगाइएको पाइएपछि प्रहरीले तीन जना सञ्चालकलाई पक्राउ गरेको जनाएको छ।बाँकेको नेपालगन्जमाबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका-१०, आदर्शनगरस्थित ‘न्यू प्लेजर स्पा’की सञ्चालिका भारतीय नागरिक गुडिया खान, ‘आयुर्वेदिक रिल्याक्स स्पा’की सञ्चालिका दुर्गा थारु र नेपालगन्ज–२, न्यूरोडस्थित ‘रिल्याक्स स्पा’का सञ्चालक तर्कराज देवकोटा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रतितसिंह राठोरका अनुसार ती स्पामा गरिएको चेकजाँचका क्रममा बालिकालाई काममा लगाइएको पाइएको थियो। त्यसपछि खान, थारु र देवकोटालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उद्धार गरिएका सातै जना बालिकालाई संरक्षणमा लिइएको छ। पक्राउ परेका तीनै जना स्पा सञ्चालकविरुद्ध जिल्ला अदालत बाँकेबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ

प्रतिक्रिया दिनुहोस

data-href="