after_navbar

राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित


५ मिनेट अगाडि


काठमाडौ,९ भदौ। राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

प्रस्तावमाथि निर्णय हुँदा राष्ट्रिय सभा सदस्यहरूले सर्वसम्मतिले स्वीकृति जनाएका थिए।

प्रस्ताव पारित भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले अर्को बैठक भदौ १६ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

data-href="