after_navbar

बुधबार सार्वजनिक बिदा


० मिनेट अगाडि


काठमाडौ,९ भदौ। सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ।मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनामार्फत मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा घोषणा गरेको हो।

२०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने व्यवस्था गरिएको थियो। मुस्लिम आयोगले यस वर्ष मोहम्मद जयन्ती भदौ १० गते परेको जानकारी गराएपछि गृह मन्त्रालयले सोहीअनुसार बिदा घोषणा गरेको जनाएको छ।

बिदा मुस्लिम धर्मावलम्बीहरूका लागि लागू हुने गृह मन्त्रालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="