काठमाडौ,१० भदौ। जल तथा मौसम विज्ञान विभागले भोटेकोसी र त्रिशूली आसपास अझैपनी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चीनतर्फ नदी थुनिएर बनेको ताल पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासको तल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेको छ।
जल तथा मौसम विज्ञान विभागले बुधबार दिउँसो १ः३० बजे अत्यन्त जरुरी सूचना जारी गर्दै अर्को सूचना नभएसम्म भोटेकोसी र त्रिशूली नदी आसपासका बासिन्दालाई नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
चीनतर्फ नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेका कारण तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने विभागले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपास अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा बस्न विभागले अनुरोध गरेको छ।
विभागले नदीको बहाव तथा अवस्थाबारे थप सूचना जारी गर्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन र सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस