after_navbar

भोटेकोशी बाढीबाट २५ जनाको उद्धार,१४ हेलिकप्टर परिचालन


१ घण्टा अगाडि


काठमाडौ,१० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो ।

बाढी प्रभावितको उद्धार तथा प्रतिकार्यका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ८ गरी १४ वटा हेलिकप्टर परिचालन गरिएको छ। ती हेलिकप्टरमार्फत आवश्यकताअनुसार घाइते तथा प्रभावितको उद्धार र राहतमा सहयोग गरिने सेनाले जनाएको छ।

यसैगरी, घाइतेको उपचारका लागि सेनाले दुई जना सर्जनसहित २० जना विशेषज्ञ चिकित्सकको टोली त्रिशूलीस्थित मैथली ब्यारेकमा तैनाथ गरेको छ। त्रिशूली अस्पतालसँग सडक सम्पर्क विच्छेद भएपछि ब्यारेकबाटै स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सक टोली खटाइएको हो।

प्रतिक्रिया दिनुहोस

data-href="