काठमाडौ,१० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको भद्रपुर घर भई हाल कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुष्कर दाहाल रहेका छन्।
प्रहरीका अनुसार दाहालले भदौ २३ गते फेसबुकमा अश्लील शब्द प्रयोग गर्दै प्रधानमन्त्री शाहलाई ज्यान मार्ने धम्की दिएका थिए। उनले आफ्नो स्टाटसमा नेपाल प्रहरीलाई समेत मेन्सन गरेका थिए।
साइबर ब्युरोका एक अधिकृतका अनुसार दाहालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस